एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घट्यो
काठमाडौँ । चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम कार्डमार्फत् करोडौं रुपैयाँ लुटेको केही दिनमै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ। राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने जनाएको छ ।
यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो । निर्देशन अनुसार एटीएमबाट अब न्यूनतम ५०० रुपैयाँ मात्रै झिक्न मिल्छ ।