आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)
काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, यूरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।
विनिमयदर नेपाल राष्ट्र बैंक