फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आइतबार छापावाल सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ७ सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ८५ सय रुपैंयामा कारोबार भएको चाँदी आज बढेर ८ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ