अर्थ

गोलभेँडाको मूल्य घट्यो, च्याउ पनि सस्तियो

गोलभेँडाको मूल्य घट्यो, च्याउ पनि सस्तियो

काठमाडौंः काठमाडौंको कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेँडा र च्याउको मूल्य घटेको छ । ठूलो गोलभेँडा १० रुपैयाँले घटेर ६५ देखि ७० र च्याउ केजिमा १५ रुपैयाँ घटेर ९० देखि एक सय रुपैयाँमा बिक्री भइरहेको छ । अन्य तरकारीको भाउ यथावत रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । 

आज सानो गोलभेँडा, बन्दा र पाकेको फर्सि ४० देखि ४५, राताे आलु ४८ देखि ५०, भारतबाट आयातित सुकेको १०० देखि १०५, चाइनिज प्याज ७० देखि ७५ रुपैयाँ प्रति किलोग्राममा किनबेच भइरहेको छ । यस्तै गाजर, स्थानीय काउली र भन्टा ५० देखि ६०, मुला २५ देखि ३०, मटरकोसा ७५ देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

कालिमाटी बजारमा घिउसिमी प्रतिकेजी १ सय देखि १ सय १०, टाटेसिमी ६५ देखि ७०, तितेकरेला र भिण्डी १ सय २० देखि १ सय ३०, लौंका, पिँडालुु र स्कुल  ४५ देखि ५०, सखरखाण्ड ४५ देखि ५० र तरुल ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ । 

गोलभेँडा च्याउ कालिमाटी तरकारी थोक बजार

विशेष