अर्थ

घट्यो सुनचाँदी मूल्य

घट्यो सुनचाँदी मूल्य

काठमाडौंः मंगलबार सुनको मूल्य ८ सयले घटेको छ । सोमबार प्रतितोला ७४ हजार ८ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज छापावाल सुनको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७३ हजार ७ सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज १० रुपैंयाले घटेर ८ सय ८० निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष