अर्थ

फेरी बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

फेरी बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ। माघ महिनाको पहिलो दिन आज बुधबार सुनको मूल्य ७ सय रुपैंयाले बढेको छ । मंगलबार प्रतितोला ७४ हजार निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज छापावाल सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ४ सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । मंगलबार प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भएको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५  निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष