यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।
यस्तै, यूरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस:
#Exchange Rate