साताको पहिलो दिननै बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा साताकाे पहिलाे दिन आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य २ सय रुपैयाँले बढेको हाे ।
शुक्रबार ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै छापावाल सुनको मूल्य पनि आज बढेको छ । शुक्रबार ७४ हजार ५ सय पुगेको छापावाला सुनको मूल्य आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्माण गरिएको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन चाँदी सुनचाँदी व्यवसायी महासंघ