बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ सय रुपैँयाले बढेको छ। सोमबार प्रतितोला ७५ हजार रुपैँयामा कारोबार भएको सुनको मूल्य आज ७५ हजार ३ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै छापावाल सुनको मूल्य पनि आज बढेको छ । सोमबार प्रतितोला ७४ हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ७५ हजार पुगेको छ।
चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्धारण गरिएको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ९५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ