सरकारको प्रावधानले लगानी गर्न समस्या बनायो : नाडा अध्यक्ष (भिडियोसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत पुस पहिलो साता एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गर्यो । निर्देशन अनुसार ऋणीले तिर्ने किस्ता रकम उसको कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हुन नपाउने, व्यक्तिको ऋण तिर्ने क्षमताको आधारमा किस्ता रकम आम्दानीको ५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएपछि अटोमोबाइल क्षेत्रमा व्यापार व्यवसायमा संकुचन देखिएको छ ।
अटोमोबाइल व्यवसायी यसमा असन्तुष्ट छन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडां)का अध्यक्ष कृष्णप्रसाद दुलाल अटोमोबाइल व्यवसायले नै आर्थिक क्षेत्र चलायमान बनाउने भएकाले नीति पुनर्विचार गरिनुपर्ने बताउँछन् ।
‘अटोमोबाइल व्यवसाय चलायमान भएमात्र आर्थिक व्यवसायसँगै देशको अर्थतन्त्र चलायमान हुन्छ । किनकी यसले १५ प्रतिशत राजश्व अटोमोबाइल क्षेत्रले उठाएको छ । झण्डै २० लाख रोजगारी यस क्षेत्रले दिएको छ ।’ उनी भन्छन् – ‘गाडीका साधन धेरै भएका होइनन् । सडकको अवस्था सुदृढ नभएको हो ।’
उनका अनुसार हरेक नेपालीले आफ्नो घरमा एक यातायातको साधन चाहन्छ । तर सडक कम छ । सडककै कारण गाडी खरिद गर्न चाहने नेपालीले गाडी खरिद गर्न पाएका छैनन् । उनी भन्छन् –‘ धेरैले लगानी चाहन्छन् गर्न खोजेका छन् तर यसमा सरकारले सजहता कायम गर्न सकेको छैन ।’
उनका अनुसार सरकारले लगानीमैत्री वातावरण बनाउन पहल गर्नुपर्छ । यसमा देखिएको असामञ्जस्यता सुधार गर्न अटोमोबाइल व्यवसाय प्रबद्र्धन गर्नुपर्छ । उनी भन्छन्– ‘हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ अब सहज हुन्छ होला ।’ उनले आफ्नो नेतृत्वकालमैँ सडक दुर्घटना न्युनीकरण, सडक विस्तारमा लाग्न पहल गर्ने, लाइसेन्स वितरण र व्यवस्थापनमा लाग्ने बताए ।
उनले सरकारले उद्योग खोल्न व्यवसाय प्रबद्र्धन गर्न वातावरण बनाउन लाग्नुपर्ने जनाए ।