आज पनि बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य आज ७५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । शुक्रबार ७४ हजार ९ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७५ हजार २ सय पुगेको छ ।
आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ८५ रहेको चाँदी आज ८ सय ९५ पुगेको महासंघले जनाएको छ ।
सुन चाँदी सुनचाँदी व्यवसायी महासंघ