अर्थ

सिलगढी–झापा पेट्रोलियम पाइपलाइन काम अघि बढाउँदै संयुक्त कार्यदल

सिलगढी–झापा पेट्रोलियम पाइपलाइन काम अघि बढाउँदै संयुक्त कार्यदल

काठमाडौँ। दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम अघि बढाइने भएको छ । पाइपलाइन निर्माणका लागि भारत सहमत भएपछि विभिन्न चरणमा छलफल सुरु भएको हो ।

नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपले पाइपलाइन सम्बन्धमा दुई चरणमा छलफल गरिसकेको छ । पहिलो छलफल भारतमा पुस २७ र २८ गते भएको थियो भने दोस्रो छलफल काठमाडौँमा यसैसाता सम्पन्न भएको छ । दुई चरणको छलफलपश्चात् भारतको सिलगुढीदेखि पूर्वी नेपालको झापासम्म पाइपलाइन ल्याउन भारत सहमत भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार ज्वाइन्ट वर्किङ ग्रुपको काठमाडौँमा सम्पन्न सचिवस्तरीय बैठकमा यो सहमति भएको हो । निर्माणको मोडालिटी भने फाइनल भइनसकेको पौडेको भनाइ छ । उनले भने, “दोसो अन्तरदेशीय पाइपलाइन निर्माणका लागि भारत सहमत छ, हामी पनि सहमत छौँ, निर्माणको मोडालिटीका बारेमा थप छलफल भएपछि डीपीआर तयार गर्नतिर लाग्छौँ, हामी छिट्टै कामको टुङ्गोमा पुग्छौँ ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइने छ । जसको दूरी करिब ३७ किलोमिटर हुनेछ। यो समाचार आजको गोरखापत्रका दैनिकमा लक्ष्मण दर्नालेले लेखेका छन।  

पेट्रोलियम पाइपलाइन

विशेष