अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ १० पैसा र बिक्रीदर १२५ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् :

विनिमयदर

विशेष