अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे साढे ७५ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे साढे ७५ हजार

काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएर नयाँ कीर्तिमान कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । शुक्रवार छापावाल सुन प्रतितोला ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतवार तेजावी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रवार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेका छ । सुनको मूल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ ।

सुन सुनचाँदी व्यवसायी महासंघ

विशेष