नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल
काठमाडौं । यस एशोसिएशनको प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफल भएको छ ।
आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदस्सीय नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालँंग भेटी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । छलफलको क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ–आफनो धारणा राखेका थिए ।
सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरि दिनु पर्ने धारणा राखे । उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखि क्यियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिँदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए ।
उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए ।
त्यसैगरी उहाले साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउनु हुंदै हामीलाई नाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा राखे ।
छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।