लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष – लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत उदयपुरको गाईघाटमा लघुबीमा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्य एवं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यबस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चौडण्डीगढी नगरापालिकाकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाको अध्यक्षता भएको सो कार्यक्रममा श्री तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानियनिकायको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए भने नेपाल बीमक संघका अधिकृत राजेन्द्र पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरु सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय कृषक, कृषिव्यवसायी तथा कृषि अभियन्ताहरु लगायत ८८ जनाको सहभागिता रहेको थियो ।