अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७६ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७६ हजार

काठमाडौँ । केहिदिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार पनि ह्वात्तै बढेको छ । आइतवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य वृद्धिसँगै नयाँ कीर्तिमान नै कायम भएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सोमबार छापावाल सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार ७ निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ९ सय २० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष