अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा मंगलबार केहि गिरावट आएको छ। सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले घटेर प्रतितोला ७५ हजार ५ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

योसँगै मंगलबार छापावाल सुनको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार २ सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि मंगलबार घटेको छ। सोमबार प्रतितोला ९ सय २० रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष