सुनको भाउले राख्यो ऐतिहासिक रेकर्ड, प्रतितोला ७६ हजार ५ सय !
काठमाडौँ। सुनको भाउले बुधबार ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ ।
मंगलबार ५ सय रुपैंयाले घटेको सुनको मूल्य आज फेरी हजार रुपैंयाले बढेको हो। मंगलबार ७५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७६ हजार ५ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै बुधबार छापावाल सुनको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७६ हजार २ सय निर्धारण गरिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार प्रतितोला ९ सय रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य