अर्थ

खुसीको खबर ! घट्यो सुनचाँदीको मूल्य

खुसीको खबर ! घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः बिहीबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । बुधबार ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज हजार रुपैयाँले घटेर प्रतितोला ७५ हजार ५ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

योसँगै बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार २ सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बुधबार प्रतितोला ९ सय २० रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष