घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैंयाले घटेको छ।
मंगलबार प्रतितोला ७५ हजार ९ सय रुपैंयामा कारोबार भएको सुन आज २ सयले घटेर प्रतितोला ७५ हजार ७ सय निर्धारण गरिएको गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७५ हजार ६ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ४ सय पुगेको छ।
त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ७५ रुपैंयामा करोबार भईरहेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ