फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले बढेर प्रतितोला ७६ हजार निर्धारण गरिएको गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । बुधबार ७५ हजार ४ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ७ सय पुगेको छ।
त्यसैगरी चाँदीको भाऊ पनि आज वृद्धि भएको छ । आज ५ रुपैयाँ बढेर चादी तोलामा ८ सय ८० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनको तेजाबी सुन