एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीद्वारा सम्मानित
काठमाडौ । नेपाल सरकारले एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (सिआईपी) सम्मानबाट सम्मानित गरेको छ।
सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र सीआईपी लोगो तथा प्रमाणपत्रले सम्मान गरेका हुन्।
त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले सम्मानित गरेको हो।
सीआईपी सम्मान रामचन्द्र संघई