आजको विनिमयदर कुन देशको कति (सूचीसहित)
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस्
#विनिमयदर