डिजेल र पेट्रोलको मूल्य २ रुपैंयाले घट्यो

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।
नेपाल आयल निगम