कस्तो छ आज बजारमा फलफूल र तरकारीकाे मूल्य? (सूचीसहित)

काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेँडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।