अर्थ

सुनको भाउले राख्यो अहिलेसम्मकै नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको भाउले राख्यो अहिलेसम्मकै नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको सुनको भाउले रेकर्ड बनाउँदै नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।

सोमबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज ७६ हजार ७ सय निर्धारण गरिएको छ। सुनको यो भाउ नेपाली बजारमा हालसम्म उच्च हो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि आज बढेको छ । मंगलबार तेजाबी सुन ७६ हजार ४ सय रुपैंयामा कारोबार भईरहेको छ।

त्यसैगरी चाँदीको भाऊ भने आज स्थिर छ । सोमबार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि मूल्य निर्धारण गरिएको  महासंघले जनाएको छ। 

सुनचाँदी व्यवसायी महासंघ

विशेष