अर्थ

सुनको मूल्य आज इतिहासकै उच्च, चाँदीको भाऊ पनि बढ्यो

सुनको मूल्य आज इतिहासकै उच्च, चाँदीको भाऊ पनि बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको भाऊले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार एकैदिन ५ सय रुपैयाँ प्रतितोला बढेर सुनको भाऊले नयाँ कीर्तिमान बनाएको हो । 

बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै, बुधबार ७६ हजार ८ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७७ हजार ३ सय निर्धारण गरिएको छ ।  

बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ९ सय ५ मा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर ९ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी

विशेष