अर्थ

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ७८ हजार १ सय पुग्यो !

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ७८ हजार १ सय पुग्यो !

काठमाडौंः गएको ३ दिन देखि नेपाली बजारमा सुनको भाऊ उकालो लाग्ने क्रम जारी छ। यो संगै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार एकैदिन ५ सय रुपैयाँ प्रतितोला बढेर सुनको भाऊले नयाँ कीर्तिमान बनाएको हो ।

बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बिहीबार ७६ हजार ३ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७७ हजार ८ सय निर्धारण गरिएको छ ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ९ सय १५ मा कारोबार भएको चाँदी आज पनि सोहो मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष