सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको ८० हजारसम्म पुग्नसक्ने!

काठमाडौंः पछिल्लो केही दिनयता सुनको मूल्य लगातार बढेको छ । आइतबार पनि सुनको भाऊ बढ्ने क्रम रोकिएको छैन ।
सुनको भाऊ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाऊ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।
सुन चाँदी