यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३० पैसा र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैया ३० पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस