सुनको भाउ बढ्ने क्रम जारी: प्रतितोला ८० हजार ३ सय पुग्यो!

काठमाडौँ। पछिल्लो केही दिनयता सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ। सोमबार पनि पनि सुनको भाऊ बढ्ने क्रम रोकिएको छैन ।
सुनको भाऊ सोमबार तोलामा १५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरि चाँदी सोमबार तोलामा ५ रुपैंयाले बढेर ९ सय २५ पुगेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ