बैंकिङ

फरक सुरक्षण बिशेषतासहित बजारमा आयो, सय रुपैंयाको नयाँ नोट

फरक सुरक्षण बिशेषतासहित बजारमा आयो, सय रुपैंयाको नयाँ नोट

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । यसअघिको नोटभन्दा केही फरक विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको हो । 

नोटको अग्रभाग र पृष्ठभागमा समेत केही फरक सुरक्षण विशेषताहरु थपिएका छन् । मुद्रा व्यवस्थापन विभागका अनुसार अग्रभागको पानीछाप, सी थ्रु रजिष्टर, सुरक्षण धागो, महसुस हुने मसी, फरक क्षमता भएका दृष्टिविहीन मैत्री विशेषता र इम्बोस प्रिन्टका केही फरक सुरक्षण विशेषता थपिएको छ । 

यो नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लाँलीगुराँसको पानीछाप स्पष्ट देखिन्छ। नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अक्षर एनआरबी(क्यापिटल लेटर) स्पष्ट र पूर्ण रुपमा मिलेको देखिन्छ । यस्तै, नोटलाई उज्यालो प्रकाशतर्फ नै राखेर हेर्दा अक्षर एनआरबी र अंक १०० देखिन्छ । नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको छ। 

नोटको अग्रभागमा छापिएका वाक्यांशहरुलाई छाम्दा उठेको महसुस हुने विशेषता पनि रहेको छ । यस्तै, नोटमा रहेको एउटा गोलाकार थोप्लोलाई छाम्दा उठेको महसुस हुन्छ, यो विशेषता फरक क्षमता भएका दृष्टिविहीनमैत्री मानिएको छ । 

यस्तै, नोटमा मायादेवीको आकृति रहेको स्थानमा छाम्दा पनि उठेको महसुस हुन्छ । यस्तै, नोटमा रहेको सुरक्षण धागोलाई सामान्य अवस्थामा हेर्दा रातो रंगको र ढल्काएर हेर्दा हरियो रंगको देखिन्छ । नोटमा मायादेवीको आकृति रहेको स्थानलाई ढल्काएर हेर्दा चाँदी रंगको देखिन्छ। 

नयाँ नोट सय रुपैंया

विशेष