अर्थ

साताको पहिलो दिननै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिननै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा साताको पहिलाे दिन आइतबार सुनको मूल्य बढेको छ । 

शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । शुक्रबार ७५ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुनको मूल्य आज ७६ हजार २ सय पुगेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार प्रतितोला ८ सय ९० रहेको चाँदी आज ५ रुपैयाँले बढेर ८ सय ९५ पुगेको महासंघले जनाएको छ ।   

सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ सुन मूल्य

विशेष