अर्थ

कोरोना प्रभाव: मास्कमा ३ गुणासम्म मूल्यवृद्धि

कोरोना प्रभाव: मास्कमा ३ गुणासम्म मूल्यवृद्धि

काठमाडौँ। बजारमा व्यवसायीले मास्कको आफूखुशी मूल्यवृद्धि गर्न थालेको पाइएको छ । १ महीना अघिसम्म रू. ५०० सम्ममा पाइने मास्कको प्याकेटको मूल्य अहिले रू. १५ सय नाघेको छ ।

माघ दोस्रो साता बजारमा डोचिम मास्कको प्रतिप्याकेट मूल्य रू. ५०० र साधारण मास्कको मूल्य रू. ३०० थियो । बजारमा मास्कको अभाव भएको भन्दै व्यवसायीले उक्त डोचिम मास्क रू. १५ सयदेखि १७ सयसम्म र साधारण मास्क रू. १ हजारसम्ममा विक्री गर्न थालेका छन् ।

निम्स फार्मेसी थापाथलीका अनुसार थोक विक्रेताले नै ३ गुणासम्म बढी मूल्यमा मास्क बेचिरहेकाले मेडिकलमा मास्कको मूल्य बढेको हो । चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस)ले विश्व स्वास्थ्य क्षेत्रमा यतिबेला हलचल ल्याएको छ । नेपालमा पनि मास्कको माग बढ्दै गएपछि त्यसैको फाइदा उठाउँदै व्यवसायीले गैरकानूनी रूपमा मूल्यवृद्धि गर्न थालेका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन। 

मास्क मूल्यवृद्धि

विशेष