अर्थ

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । 

बुधबार प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि बढेको छ । बुधबार ७९ हजार ३ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ४ सय पुगेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार ९ सय ५ रुपैयाँ पुगेको चाँदी आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन चाँदी

विशेष