अर्थ

कोरिया र जापानका पर्यटकको बुकिङ पनि रद्द

कोरिया र जापानका पर्यटकको बुकिङ पनि रद्द

काठमाडौँ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ ।

नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन् । 

कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । फेब्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे । 

तर कोरिया, जापानलगायत मुलुकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए । युरोपियन मुलुकका केही पर्यटकको बुकिङ अझैसम्म रहिरहे पनि भाइरस संक्रमण कम नभए ती मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुनसक्ने चिन्ता व्यवसायीको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् । 

पर्यटक बुकिङ रद्द

विशेष