अर्थ

शुक्रबार घट्यो सुनचाँदीको मूल्य

शुक्रबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बिहीबार ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७९ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि घटेको छ । बिहीबार ७९ हजार ४ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार ९ सय रुपैयाँ पुगेको चाँदी आज प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन सुनचाँदी व्यवसायी महासंघ

विशेष