डलरदेखि रियालसम्म, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौँ। शनिबार अमेरिकी डलरलगायत बिदेशी मुद्राको विनिमयदर बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैया ८१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस
#विनिमयदर