आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।
मंगलबार प्रतितोला ७६ हजार रुपैंयामा कारोबार भएको सुन आज ८ सयले घटेर ७५ हजार २ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि आज घटेको छ। मंगलबार प्रतितोला ७५ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन आज घटेर ७४ हजार ९ सय पुगेको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भएको चाँदी आज ५ रुपैंयाले घटेर ८ सय ७५ पुगेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ