आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७५ हजार ३९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुन