अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौँ । केहि दिनदेखि अस्वाभाविक रुपमा बढिरहेको सुनको मूल्यमा बुधबार केहि गिरावट आएको छ ।

मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैंयामा कारोबार भएको सुन आज ४ सय रुपैंयाले घटेर प्रतितोला ८२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ८० हजार रुपैंयामा कारोबार भईरहेको छ ।

चाँदीको भाऊ भने आज स्थिर छ । बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष