अर्थ

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको भाऊ ८ सय रुपैयाँले घटेको छ ।

बुधबार ८२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ८२ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ८१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । 

बुधबार ८ सय ८० रुपैयाँमा कारोबार चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन सुनचाँदी व्यवसायी महासंघ

विशेष