अर्थ

डलरको भाउ अहिलेसम्मकै महँगो, अरु देशको मुद्राको विनिमयदर कति छ ?

डलरको भाउ अहिलेसम्मकै महँगो, अरु देशको मुद्राको विनिमयदर कति छ ?

काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैया ४१ पैसा रहेको छ ।

तालिका बिस्तृतमा हेर्नुहोस

 

#विनिमयदर

विशेष