अर्थ

खुसीको खबर ! आज एकैदिन ३ हजारले घट्यो सुनको मूल्य

खुसीको खबर ! आज एकैदिन ३ हजारले घट्यो सुनको मूल्य

काठमाण्डौ । कारोबारको अन्तिम दिन आज, शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।  

सुनको भाउ आज एकैदिनमा ३ हजार रुपैंयाले घटेको छ । योसँगै सुन आज प्रतितोला ७८ हजार ५ सय रुपैंयामा कारोबार  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ७८ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैंयामा कारोबार भएको थियो ।   

बिहीबार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँ घटेर प्रतितोला ८ सय २० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष