ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।
शुक्रबार ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७८ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि घटेको छ । शुक्रबार ७७ हजार ९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ८० रुपैयाँ पुगेको चाँदी आज प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुन सुनचाँदी व्यवसायी महासंघ