आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य घटेको छ । आज प्रतितोला १५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे सुन आइतबार प्रतितोला ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । शुक्रबार ७८ हजार २ सय रुपैयाँ पुगेको तेजावी सुन आज तोलामा ७६ हजार सात सय रुपैयाँ तोकिएको छ ।
आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार ८ सय २० रुपैयाँ तोकिएको चाँदी आज प्रतितोला ७ सय ९० रुपैयाँमा कोरोबार भइहेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी