अर्थ

मंगलबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

मंगलबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज प्रतितोला २ हजार रुपैयाँले सुनको मूल्य घटेको हो । 

सोमबार ७७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । सोमबार ७७ हजार २ सय पुगेको तेजावी सुन आज तोलाकाे ७५ हजार दुई सय रुपैयाँ तोकिएको छ ।  

सोमबार चाँदीको भाऊमा पनि गिरावट आएको छ । सोमबार ७ सय ९० पुगेको चाँदी आज तोलामा ७ सय १० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।  

सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष