अर्थ

नियन्त्रणमा आएन मूल्यवृद्धि

नियन्त्रणमा आएन मूल्यवृद्धि

काठमाडौं । सरकारले चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । 

गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्य वृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्य वृद्धि बढेको थियो । त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्य वृद्धि (मुद्रास्फीति) गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको  चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ । काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्य वृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ । यो समाचार आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन। 

मूल्यवृद्धि

विशेष