अर्थ

डलरको भाउ इतिहासकै उच्च, अन्य देशको मुद्राको विनिमयदर कति (सूचीसहित)

डलरको भाउ इतिहासकै उच्च, अन्य देशको मुद्राको विनिमयदर कति (सूचीसहित)

काठमाडौँ । नेपालकै इतिहासमा शुक्रबार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ । बिहीबारको तुलनामा डलरको विनिमयदर शुक्रबार एकैदिन १.१७ रुपैयाँले बढेको हो।

युरो एकको खरिददर १२८ रुपैयाँ ७० र बिक्रीदर १२९ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस

विनिमयदर

विशेष